सार्थक ब्यूरो । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार पदभार ग्रहण गरेका छन्। बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा आयोजित कार्यक्रममा उनले पाँच सय र एक हजार रुपैयाँका नयाँ नोट छाप्ने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन्।
गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले भने, “केवल नियम बनाएर मात्रै हुँदैन, सुपरीवेक्षण पनि प्रभावकारी बनाउनु आवश्यक छ। कर्जाको गुणस्तर सुधारमा पनि जोड दिइनेछ।”
उनले सरकारको वित्त नीतिसँग समन्वयमा मौद्रिक नीति सञ्चालन गरिने बताए। मुलुकको आर्थिक गतिविधि सक्रिय बनाउन सबै निकायसँग समन्वय गरेर अघि बढ्ने योजना पनि उनले प्रस्तुत गरे।
कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामाबारे सोधिएको प्रश्नमा गभर्नर पौडेलले फाइल अझै नआएको र यो आन्तरिक विषय भएको प्रतिक्रिया दिए।


















Discussion about this post