अनेरास्ववियुले २४ औँ राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने

सार्थक ब्यूरो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) को २४ औँ राष्ट्रिय महाधिवेशन २०८२ साल जेठ २५ गतेदेखि २८ गतेसम्म काठमाडौंमा भव्य रूपमा सम्पन्न हुने भएको छ।महाधिवेशनलाई ऐतिहासिक र स्मरणीय बनाउने लक्ष्यसहित विद्यार्थीहरूको अधिकतम सहभागिता सुनिश्चित गर्न संगठनले देशव्यापी व्यापक जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ।


संगठनको गौरवमय इतिहास, समृद्ध भविष्यको निर्माण र शैक्षिक तथा राष्ट्रिय मुद्दामा अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्यले महाधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढाइएको अनेरास्ववियुले जनाएको छ। अनेरास्ववियु इन्चार्ज तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोर बिक्रम मल्ल प्रमुख आतिथ्यतामा काठमाडौ को आर आर क्याम्पसमा आयोजित विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता अनेरास्ववियु अध्यक्ष समिक बडालले गरेका थिए। जनपरिचालन उपसमिति संयोजक एवं उपाध्यक्ष धर्म गिरि, उपाध्यक्ष नारायण घर्ती, गोबिन्द गिरि, मर्यादा बिस्टलगायतको विशेष उपस्थिति रहेको कार्यक्रम महासचिव नरेश रोकायाले सञ्चालन गरेका थिए ।
अनेरास्ववियुले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारीलाई तिव्र बनाएको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित