सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

भिजिट भिसामा मानव तस्करी, अनुसन्धानमा तानिए सहसचिव भट्टराई

प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म असुलेर गिरोहको सेटिङमा दुबईलगायत मुलुकमा भिजिट भिसामा मानिस पठाउने गरेको उजुरी

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ जेष्ठ ८, बिहीबार ७:१९
in Breaking (With Image), समाचार
0
भिजिट भिसामा मानव तस्करी, अनुसन्धानमा तानिए सहसचिव भट्टराई

सार्थक ब्यूरो । मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतबाट मंगलबार साँझ मात्रै गृह मन्त्रालय तानिएका सहसचिव भट्टराईलाई आयोगले बुधबार सोधपुछका लागि नियन्त्रणमा लिएर बिहीबार उपस्थित हुने सर्तमा साँझ रिहा गरेको छ ।
भट्टराईलाई अख्तियारको टंगालस्थित कार्यालयको हिरासतमा राखेर सोधपुछ गरिएकामा बिहीबार उपस्थित हुने सर्तमा छाडिएको अख्तियारका एक अधिकारीले बताए । ‘प्रतिव्यक्ति २० हजार देखि ४० हजार रुपैयाँसम्म असुलेर गिरोहको सेटिङमा दुबईलगायत मुलुकमा भिजिट भिसामा मानिस पठाउने गरेको उजुरी परेको थियो, यसमा प्रारम्भिक छानबिनका क्रममा नै कैफियत देखिए पनि अघि बढेको अनुसन्धानका क्रममा भट्टराईलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो,’ अख्तियारका एक अधिकारीले भने, ‘बिहीबार उपस्थित हुनेगरी हाजिरी जमानीमा छाडिएको छ ।’
त्रिभुवन विमानस्थलबाट गैरकानुनी रूपमा भिजिट भिसामा दुबईलगायत मुलुक पठाउन मानव तस्करसँग सेटिङ गरेको, त्यसबापत् प्रतिव्यक्ति २० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म असुल्ने गरेको लगायत आरोपमा उजुरी परेपछि अख्तियारले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका क्रममा सहसचिव भट्टराईसहित विमानस्थलका अरू कर्मचारीसमेतका व्यक्ति अनुसन्धान दायरामा तानिएका थिए । अनुसन्धानका क्रममा भिजिट भिसामा कर्मचारीसमेतको मिलेमतो सेटिङ हुने गरेको तथ्यहरू भेटिएपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो ।
अख्तियारले बुधबार नै विमानस्थल अध्यागमनमा छापा मारेर विद्युतीय उपकरण (डिभाइस) र अन्य कागजातहरू पनि नियन्त्रणमा लिएको छ । त्यस क्रममा अख्तियारले काठमाडौंबाट एउटा ट्राभल एजेन्सी र भक्तपुरमा अरू दुई जना व्यक्तिका घरबाट पनि डिभाइस र अरू कागजातहरू नियन्त्रणमा लिएको छ । भक्तपुरका खगेन्द्र सुवेदी, सीआईटी कलेजमा कार्यरत कविता पौडेल र हात्तीसारमा रहेको ट्राभल एजेन्सी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्काको मोबाइल फोन, ल्यापटप लगायतका उपकरण पनि अख्तियारले नियन्त्रणमा लिएको हो ।
गृह मन्त्रालयले मंगलबार राति नै प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई तानेर उनका ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई सरुवा गरेको थियो । त्यसको भोलिपल्टै बुधबार दिउँसो भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
स्रोतका अनुसार प्रारम्भिक सोधपुछका क्रममा भट्टराईले यसमा आफ्नो संलग्नता नरहेको उल्लेख गरेका छन् । भट्टराई २०७२ को विनाशकारी भूकम्पका बेला काठमाडौंको स्थानीय विकास अधिकारी ९एलडीओ० हुँदा त्रिपाल खरिद प्रकरणमा पनि मुछिएका थिए । उक्त प्रकरणमा निलम्बनमा परेका उनी विशेष अदालतको फैसलाले २०७४ चैत ४ मा सफाइ पाएपछि पुनः सरकारी सेवामै फर्किएका थिए । यो पटक भने मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोप लागेर अनुसन्धानमा तानिएका हुन् ।

Previous Post

४० वर्षमूनिका युवासँग अन्तरसंवाद गर्दै राप्रपा अध्यक्ष लिङ्देन

Next Post

सरकारी कामकाजको भाषा थारू र डोटेली भाषालाई बनाउन माग

Next Post
सरकारी कामकाजको भाषा थारू र डोटेली भाषालाई बनाउन माग

सरकारी कामकाजको भाषा थारू र डोटेली भाषालाई बनाउन माग

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.