४ लाख ९८ हजारका बराबरको भन्सार छलीका सामान बरामद

सार्थक ब्यूरो । कञ्चनपुरबाट ४ लाख ९८ हजारका सामान बरामद गरिएको छ।भीमदत्त नगरपालिका–९ ब्रम्हदेव र भीमदत्त नगरपालिका–१७ मझगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख ९८ हजार २८० बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ। भन्सार छलीको खाद्यान्न, बिभिन्न किसिमका कपडा, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित