सार्थक ब्यूरो । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहान बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।राति १ बजेर ४८ मिनेटमा खलङ्गा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्प जाँदा भूकम्पको धक्का महसुस भएको थियो । निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए ।
भूकम्पले क्षति पुगेरनपुगेकोबारे स्पष्ट भइसकेको छैन ।जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।


















Discussion about this post