हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा गोदावरीकी युवती  पक्राउ

सार्थक ब्यूरो । हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा कैलालीको गोदावरीकी एक युवती काठमाण्डौंबाट पक्राउ परेकी छिन्।गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङलाई प्रहरीले सामाजिक सञ्जालमा चिनजान भएका एक युवकलाई ठमेलमा बोलाएर हनी ट्र्यापमा पारेको आरोपमा पक्राउ गरेको हो। उनीसँगै प्रहरीले भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठीलाई पनि पक्राउ गरेको जनाएको छ। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनीहरुमाथी ठमेलमा मदिरा सेवन गरेपछि युवकको नग्न फोटो, भिडिओ समेत लिएर ब्ल्याक मेलिङ गरेको र करणी कसुरमा फसाउनेसम्म धम्की दिएको आरोप छ। सुरुमा काठमाडौंमा ४ आना जग्गा दिएमात्रै केस मिल्ने नत्र करणी मुद्दामा फसाउने धम्की दिएको पाइएको थियो। अन्तिममा उनीहरूले ५ लाखको चेक लिएर गएको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित