बजेट अधिवेशनको तयारीका लागि मुख्यमन्त्रीले गरे सर्वदलीय बैठक

सार्थक ब्यूरो ।बजेट अधिवेशनको तयारीका लागि मुख्यमन्त्री कमल बहादुर शाहले सर्वदलिय बैठकको आयोजना गरेका छन । शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढीमा बसेको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दलका र सत्तारुढ दलका नेताहरुको सहभागिता रहेको थियो । बैठकमा संसद नियमित रुपमा सुचारु गर्ने, आगामी अधिवेशनबाट नीति तथा कार्यक्रम र बजेट ल्याउने विषयमा छलफल भएको थियो ।
मुख्यमन्त्री शाहले बैठकमा सहभागी दलका नेताहरुसँग संसदलाई प्रभावकारी बनाउने, नागरिकका समस्या समाधान गर्ने गरी परिणाममूखी नतिजा दिन सरकार प्रतिबद्ध रहेकोले रचनात्मक सुझाब दिन आग्रह गरेका थिए ।
उनले चालु आर्थिक वर्षमा भएका समस्यालाई सुधार गर्दै विकास खर्चलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकार लागि परेको बताए । बैठकमा उपस्थित प्रमुख विपक्षी दलका र सत्तारुढ दलका नेताहरुले सुझाब दिएका थिए । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले जेठ ११ गतेबाट सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित