वन अधिकृतलाई कालोमासो लगाएको घट्नाको चौतर्फी निन्दा

सार्थक ब्यूरो । डिभिजन वन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख वरिष्ठ डिभिजन वन अधिकृत राम विचारी ठाकुरलाई कालोमासो लगाएको घट्नाको चौतर्फी निन्दा भएको छ । सेवाग्राहीको भेषमा कार्यकक्षमा प्रवेश गरेको समूहले बिहीबार उनलाई कालोमोसो लगाएको थियो ।नेकपा बहुमत ७ नं. ब्यूरोले ठाकुरलाई कालोमोसो लगाएको घट्नाको जिम्मेवारी लिएको छ । ठाकुरमाथि विभिन्न सात आरोप लगाउँदै बहमुतले उनलाई जनकारवाही गरिएको विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।जिल्ला सुरक्षा समिति, कर्मचारी संगठन र वन पैदावार व्यवसायी संघले ठाकुरमाथि कालोमोसो दलेर गरिएको दुव्र्यहारको निन्दा गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिले विज्ञप्ति सार्वजनिक गरी डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ वन अधिकृत राम विचारी ठाकुरमाथि सुनियोजित रुपमा कालोमोसो दलिएको जनाएको छ ।समितिले विज्ञप्ति मार्फत नागरिक कर्तव्य र दायित्व, वैयक्तिक स्वतन्त्रता र मानव अधिकारको समेत ख्याल राख्न अनुरोध गरिएको छ । नेकपा बहुमतले कालोमासो दलिएको घट्नाको जिम्मेवारी लिएको छ । बहुमतले ठाकुरमाथि विभिन्न सात आरोप लगाउँदै कालोमोसो दलिएको विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।
नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामति कर्मचारी संगठन, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गरी ठाकुरमाथि गरिएको दुव्र्यवहारको निन्दा गर्दै संलग्नलाई कारवाहीको माग गरेका छन् ।
कर्मचारी संगठनले कालोमासो दल्ने समूहलाई शीघ्र कारवाहीको दायरामा ल्याउन र कर्मचारीलाई काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षसंग माग गरेका छन् ।नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ र नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कञ्चनपुरले पनि ठाकुरमाथि कार्यकक्षमा गरिएको घट्नाको निन्दा गर्दै कारवाही गर्न माग गरेका छन् ।
महासंघका केन्द्रीय सदस्य सिद्धराज पाण्डेय र महासंघ कञ्चनपुरका अध्यक्ष गजेन्द्र बिक्रम थापाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी वरिष्ठवन अधिकृत ठाकुरमाथि कालोमोसो दलेर दुव्र्यवहार गर्ने समूहलाई कारवाहीको माग गरेका हुन् ।
‘कर्तव्य पालनको सिलसिलामा आफ्नो जिम्मेवारी पालन गरि रहेको अवस्थामा एक्कासी अर्मादित हर्कत गरी कर्मचारीको मनोबल गिराउन, हतोत्साहित गर्न, आत्म सम्मान तथा प्रतिष्ठामा आँच पु¥याउने जस्ता अवाञ्छित अमानवीय र अपराधिक कार्य गर्ने जो कोही व्यक्ति भए पनि नियमानुसार कडा कारवाही गर्न सम्बन्धित पक्षसित जोडदार माग गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।
वरिष्ठ वन अधिकृत ठाकुरको कार्यकक्षमा सेवाग्राही भएर पसेको समूहले बिहीबार दिउँसो कार्यकक्षमा कालोमोसो दलेको थियो । कालोमोसो दल्ने क्रममा उनीहरुले खल्ला मुसेट्टीको विवाद हल गर्न नसकेको आरोप लगाएको ठाकुरले बताएका छन् ।
वन पैदावार महासंघ र वन पैदावार संघ कञ्चनपुरले घट्नाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा उच्छृङखल व्यक्तिहरुले ठाकुरमाथि हातपात समेत गरेको उल्लेख गरिएको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी बहुमत ७ नम्बर ब्युरोले वन कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै उनीमाथि विभिन्न सात आरोप लगाउँदै कारवाही गरेको जनाएको छ ।
बहुमतले कालोमोसो दलिएपछि बिहीबार विज्ञप्ति मार्फत ठाकुरलाई विभिन्न सात आरोप लगाउँदै कारवाही गरिएको सार्वजनिक गरेको छ ।बहुमतका ब्युरो इन्चार्ज निर्मलले विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा ठाकुरले पदीय हैसियत दुरुपयोग गरेकोले चेतावनी स्वरुप कारवाही गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित