सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य, लगेज किन्दा ४० प्रतिशत छुट

सार्थक ब्यूरो ।नेपाली यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र विशेष बनाउने उद्देश्यका साथ नेपालको अग्रणी अनलाइन यात्रा सेवा प्रदायक सस्तो टिकेट्स डटकम ले अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त प्रिमियम लगेज ब्रान्ड स्विस मिलिट्रीसँग सहकार्य गरेको छ।यस सहकार्य अन्तर्गत सस्तो टिकेट्समार्फत हवाई टिकट बुक गर्ने यात्रुहरूलाई स्विस मिलिट्रीका लगेज तथा झोलामा ४० प्रतिशतसम्म छुट प्राप्त हुनेछ।टिकट बुक गरेपछि यात्रुहरूलाई छुट प्राप्त गर्न आवश्यक विशेष लिङ्क वा क्युआर कोड इमेलमार्फत प्राप्त हुने र सो प्रयोग गरी स्विस मिलिट्रीको प्रिमियम सामान किफायती मूल्यमा खरिद गर्न सक्ने जनाएको छ।
स्विस मिलिट्री विश्वभर टिकाउ र स्टाइलिश ट्राभल गियरको लागि परिचित ब्रान्ड हो । यसले हालै नेपालमा आफ्नो आयात र वितरण कार्य सुरु गरेको छ। कम्पनीले आफ्ना उत्पादनमा १० वर्षको वारेन्टी प्रदान गर्दै आएको छ।
स्विस मिलिट्री नेपालका प्रतिनिधि वासु सर्राफले नेपालको प्रमुख अनलाइन ट्राभल एजेन्सी सस्तो टिकेट्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए।सस्तो टिकेट्सका मार्केटिङ प्रमुख विशाल दाहाल ले पनि यस सहकार्यप्रति खुसी व्यक्त गर्दै सधैं नेपाली यात्रुहरूलाई सस्तो, सहज र भरपर्दो सेवा दिन प्रतिबद्ध भएको र यो सहकार्यले ग्राहकहरूलाई यात्रा सुरु हुनु अघि नै उत्कृष्ट सुविधा प्रदान गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित