भीमदत्त नगरपालिकामा ऐलानी जग्गाको नापजाँच सुरु

सार्थक ब्यूरो । कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्बर १३ बाट ऐलानी जग्गाको नाप जाँच सुरु गरेको छ। वषौँदेखि भूमिहिन, सुकुम्वासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नाप्न सुरु गरिएको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले जानकारी दिए।
नगरप्रमुखबाट भूमिको कामकाज बढाउन दिएको निर्देशन आएपछि यस अघि वडा कार्यालयमा विवरण भरेका अव्यवस्थित बसोबासी नागरिकको जमिन नाप्न सुरु गरिएको हो , अध्यक्ष बोहराले भने,पहिला अव्यवस्थित बसोबासीको जमिन नापी हुन्छ। त्यसपछि भूमिहिन दलित र भूमिहिन सुकुमवासीका लागि खोजी हुन्छ । उनले वडामा भूमिहिन दलिततर्फ १३, सुकुम्वासी तर्फ तीन र अव्यवस्थित बसोबासी तर्फ तीन सय १८ जनाले फाराम भरेको जानकारी दिए।
भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रशाद रिजालले देशभर आयोगले तीव्र रुपमा जमिनकोे कामकाज अघि बढाएको उल्लेख गर्दै नापजाँचसँगै लालपूर्जा वितरण गरिने बताए।भीमदत्तका १९ वटै वडामा जमिन नापजाँच हुन्छ, उनले भने,त्यसपछि आयोगमार्फत लालपूर्जा दिने प्रक्रिया सुरु हुन्छ। यसअघि भूमि आयोग कञ्चनपुरले दोधारा चाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरीसहितका भूमिहिन जनतालाई लालपूर्जा वितरण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित