मविरुद्ध राजनीतिक षड्यन्त्र भयो : गृहमन्त्री लेखक

सार्थक ब्यूरो । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणलाई लिएर आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र गरिएको दाबी गर्नुभएको छ। बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यो विषयलाई नियोजित रूपमा राजनीतिक रंग दिइएको उल्लेख गर्नुभएको हो।
“यो प्रकरणमा ममाथि व्यक्तिगत रूपमा कुनै संलग्नता छैन, तर राजनीतिक रूपमा पूर्वाग्रह राखी मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ,” गृहमन्त्री लेखकको भनाइ थियो।
हाल भिजिट भिसाका नाममा सर्वसाधारणबाट ठगी र रकम असुली भइरहेको घटनाबारे विभिन्न उजुरीहरू सार्वजनिक भइसकेका छन्। सोही सन्दर्भमा प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने माग गर्दै संसद् अवरुद्ध गरिरहेका छन्।
तर गृहमन्त्री लेखकले आफू कानूनी प्रक्रिया, अनुसन्धान र सुशासनका पक्षमा दृढ रहेको उल्लेख गर्दै, यस्तो घटनाको निष्पक्ष छानबिनमा आफू पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित