सार्थक ब्यूरो ।राष्टिय मानव अधिकार आयोगको रजत जयन्तीको अवसरमा महेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम गरीएको छ । मंगलबार राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको आयोजना तथा सुप विश्वविद्यालयको सहकार्यमा सुदूरपश्चिम बिश्विविद्यालयका कानुन विषय अध्ययनरत विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी रजत जयन्ती मनाईएको हो ।
कार्यक्रममा मानव अधिकार आयोग सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख एवं सचिव प्रकाश दत्त भट्टको सभापतित्व तथा उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका माननीय न्यायाधीश दिनेश यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मानव अधिकार आयोग सुप प्रदेश कार्यालयका सचिव प्रकाश दत्त भट्टले नेपालको मानव अधिकारको अहिलेको अवस्था र कार्यन्वयनमा देखा परेका चुनौतीका बारेमा छोटो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सुप विश्वविद्यालयका कानुन संकायका डिन एवं निमित्त उपकुलपति प्राडा भवानी बहादुर चन्द, कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, राष्ट्रिय मानव अधिकार आयोग सुप कार्यालयका उप सचिव झंकर बहादुर रावल, गैसस महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहरा र पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामी अतिथि रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै मानव अधिकार आयोगका उपसचिव झंकर रावलले विद्यार्थीहरु भोलिको दिनमा कानुनको पक्षमा वकालत गर्न फ्रन्ट लाइनमा बस्नुपर्ने भएकाले कानुनका विद्यार्थीहरुलाई कार्यक्रममार्फत जोड्न खोजिएको बताए । कार्यक्रमको समन्वय पाँचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी पूजा सुनारले गरेकी थिइन् ।


















Discussion about this post