डीडीसी धनगढी नसार्न अत्तरियामा आधा घण्टा चक्काजाम

सार्थक ब्युरो । कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान ९डीडीसी०को धनगढी दुग्ध वितरण आयोजना नसार्न माग गर्दै स्थानीयले चक्काजाम गरेका छन् ।दुग्ध विकास संस्थान संरक्षण संघर्ष समितिले आज बिहान साढे ९ बजेदेखि आधा घण्टाका लागि अत्तरिया–धनगढी सडक खण्डमा चक्काजाम गरेको हो ।उनीहरूले धनगढी दुग्ध वितरण आयोजनाको कारखानामा पनि तालाबन्दी गरेका थिए । आयोजनाको कार्यालयमा भने ८ वैशाखदेखि नै तालाबन्दी छ ।
डीडीसीको आयोजना कार्यालय र कारखाना धनगढी सार्न काम सुरु भइसकेको छ । धनगढी–१५ मा ०७५ सालमै निर्माण सम्पन्न भएको जडीबुटी प्रशोधन केन्द्रमा डीडीसी सार्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित