भीमदत्तको १८ नम्बर वडामा बाल क्लब गठन

सार्थक ब्युरो। भीमदत्त नगरपालिका १८ नम्बर वडामा वडा स्तरीय बाल क्लब गठन गरिएको छ। भीमदत्त नगरपालिकाका विभिन्न विद्यालयका बाल बालिकाको भेलाबाट क्लब गठन गरिएको छ ।
भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाको अध्यक्षतामा गरिएको बाल भेलाबाट शुक्रबार क्बल गठन गरिएको छ । भीनपा १८ मा पहिलो पटक क्बल गठन गरिएको बताइएको छ ।
भीमदत्तका विभिन्न विद्यालयका ७० जना सहभागी भेलाबाट भावेश ओझाको अध्यक्षातामा २१ सदस्यीय वडा स्तरीय बाल क्लब समिति गठन गरिएको छ ।
बाल क्लबको उपाध्यक्षमा अकेशा जोशी, सचिव कृतिका भट्ट, सह सचिव आशिष नेगी, कोषाध्यक्ष मोनिका नाथ चयन भएका छन् ।
वडा अध्यक्ष देवकोटाले बालबालिकाहरुलाई बाल अधिकार, बालबालिकाका मुद्दाहरुमा बहस पैरवी गर्ने केन्द्रको स्थापना, राष्ट्र निर्माणमा बालबालिकाको भूमिका र शासनका बहुआयामहरुका सम्बन्धमा सचेतना अभिवृद्धि गरि बालमैत्री स्थानीय शासनको अवधारणालाई साकार गर्न तथा बालबालिकाहरुलाई लागूपदार्थ दुव्र्यसनी सम्बन्धी सचेतना अभिवृद्धि गरी सचेत, स्वस्थ र सिर्जनशील नागरिक निर्माण गर्नु अपरिहार्य भएकाले क्बल गठन गरिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित