सार्थक ब्युरो। के आई सिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छभने अन्य आठजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्याएको थियो। लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा जिप चालकसहित आठजनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


















Discussion about this post