भूमि आयोगद्वारा कञ्चनपुरमा जग्गा नापीको काम सुरु

सार्थक ब्युरो।भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ।आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्रप्रकाश पन्तले जानकारी दिए। उनका अनुसार अहिले नापीका लागि सबैै पालिकामा टोली खटिएको छ। नापी टोलीमा आयोगका २० जना अमिन र १३ जना सर्वेक्षक छन् भने स्थानीय पालिकाका २७ अमिन र छ जना सर्वेक्षकले जग्गा नापजाँचको काम गरिरहेको उनले बताए।
हामीले असारसम्ममा चार हजार लालपूर्जा वितरण गर्ने गरी काम गरिरहेका छौँ , अध्यक्ष पन्तले भने,यहाँका सबै पालिकामा नापी टोली गठन भएर जग्गा नापीको काम भइरहेको छ । उनले लालपूर्जाका लागि भूमिहीन दलित,भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी ७२ हजार ९३० निवेदन परेको बताए। अध्यक्ष पन्तले यसअघि विघटन भएको आयोगले चार हजार ६५ सेतो लालपूर्जा बनेको बताए।असअघिको आयेगले बनाएको सेतो लालपूर्जाको अधूरो काम पनि गरिरहेका छौँ , उनले भने,“सीमित स्रोत र साधनका बाबजुद पनि हामीले तीव्र काम गरिरहेका छौँ ।
भीमदत्त नगरपालिकामा भूमिहीन दलित, नौ सय २२, भूमिहीन सुकुम्वासी आठ सय ८७ र अव्यवस्थित बसोवासी ६ हजारको लगत सङ्कलन गरिएको छ। त्यसैगरी बेदकोट नगरपालिकामा भूमिहीन दलित तीन सय ६, भूमिहीन सुकुम्बासी दुई सय पाँच र अव्यवस्थित बसोबासी नौ हजार २१ जनाको लगत सङ्कलन गरिएको छ। कृष्णपुर नगरपालिकामा भूमिहीन दलित ९९, भूमिहीन सुकुम्बासी एक सय र अव्यवस्थित बसोबासी पन्ध्र हजार ९६२ छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित