सार्थक ब्युरो। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले समाजको विकास र समृद्धिमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएका छन्।नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले शनिवार धनगढीमा आयोजना गरेको अनलाइन मल्टिमिडियासम्बन्धी सुदूरपश्चिम प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रममा प्रदेश प्रमुख मियाँले व्यवस्था जोगाउनेगरी समाचार लेख्न आग्रह गरे। पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले समाजमा भ्रम फैलाउने काम गरिरहेको उल्लेख गर्दै तथ्यगत समाचार सङ्कलनमा जोड दिन आग्रह गरे।
प्रदेश प्रमुख मियाँले खोज पत्रकारिता अँगाल्न सबै पत्रकारसँग आग्रह गरे। सुदूरपश्चिम प्रदेश विविधताले भरिएको उल्लेख गर्दै उनले हरेक क्षेत्रमा ऊर्जा प्रदान गर्ने, सकारात्मक सन्देश प्रवाह गर्नु पनि पत्रकारिताको दायित्व हुनुपर्ने बताए।नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका पत्रकारहरुको उपस्थिति थियो।


















Discussion about this post