पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमण सकाएर स्वदेश फिर्ता

सार्थक ब्युरो।दश दिने चीन भ्रमण सम्पन्न गरी फर्किनु भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण ‘राम्रो’ भएको प्रतिक्रिया दिनुभएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘भ्रमण राम्रो भयो,’ भन्दै उहाँ बाहिरिनुभयो।
पूर्वराष्ट्रपति भण्डारीसँग कम्युनिस्ट एकताको सम्भावना र एमाले नेतृत्वबारे प्रश्न गरिएको थियो। तर उहाँले त्यसबारे कुनै प्रतिक्रिया दिनुभएन । यद्यपि, भण्डारीको भ्रमणलाई विश्लेषकहरूले राजनीतिक रूपमा अर्थपूर्ण मानेका छन्। कतिपयले उहाँलाई आगामी महाधिवेशनमा एमालेको सम्भावित नेतृत्वको रूपमा पनि हेरेका छन्।चीन पक्षबाट भण्डारीको भूमिकालाई सकारात्मक रूपमा हेरिएको र कम्युनिस्ट एकताको सन्दर्भमा उहाँको अग्रसरता अपेक्षित रहेको चर्चा भइरहेको छ।तरभ्रमण टोलीमा संगै रहेका भ्रमण टोली सदस्य एवं उद्योगमन्त्री दामोदर भण्डारीले भने भ्रमणलाई राजनीतिक चर्चासँग जोडेर हेर्न नहुने स्पष्ट पार्नुभयो।
‘अहिले त्यो सन्दर्भ यो भ्रमणमा जोड्न हुँदैन,’ उहाँले भन्नुभयो, त्यसमा पार्टी नेतृत्वले आवश्यक परामर्श र निर्णय गर्ला। यो भ्रमण सद्भावको हो। भ्रमण दलमा पार्टी र सरकार दुवैको सहभागिता थियो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित