प्रधानमन्त्री ओलीको सामाजिक सन्देश :‘झोले’ भनियो भन्दैमा सत्य अँगाल्न नछोडौं

सार्थक ब्युरो। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘झोले’ भनेर अपमान गरिँदैमा सत्यको पक्ष त्याग्न नहुने बताउनुभएको छ। उहाँले व्यक्तिगत विचार र मूल्यका लागि सार्वजनिक रूपमा उभिन सबैलाई आग्रह गर्नुभएको छ।
फेसबुकमा स्टाटस लेख्दै ओलीले लेख्नुभएको छ, “हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ। भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ।”
उहाँले थप्नुभयो, “सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं।”सन्देशसँगै उहाँले “म झोले हो” भन्ने पोस्टर पनि सार्वजनिक गर्नुभएको छ । उक्त पोस्टरमा लेखिएको छस्
“एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम हो।”प्रधानमन्त्री ओलीको सन्देश सामाजिक सञ्जालमा व्यक्तिगत पहिचानमाथि हुने आक्रमण र भीड मानसिकताविरुद्धको चेतावनीको रूपमा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित