चोरीका मोटरसाइकलसहित कैलालीबाट चार जना पक्राउ

सार्थक ब्यूरो । कैलालीको सुखड क्षेत्रबाट प्रहरीले चोरीका ८ वटा मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय, सुखडले विभिन्न मितिमा चोरी भएका मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय, सुखडका प्रमुख रमेशदत्त अवस्थीले घोडाघोडी नगरपालिका–१ का मदन सार्की, सलिकराज गिरी, निराजन शाही र घोडाघोरी–१० पहलमानपुरका जितेन्द्र चौधरी चोरीका मोटरसाइकलसहित पक्राउ परेका बताए। उनीहरूको साथबाट ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। धनगढी क्षेत्रबाट चोरी भएका मोटरसाइकहरूसमेत रहेका प्रहरीले बताएको छ। बजाज कम्पनीका १५० सिसी र स्पिलिण्डर मोटरसाइकलहरू धनगढीबाट उनीहरूले चोरीको प्रहरीलाई बयान दिएका छन्।
विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गर्दै आएका उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो। प्रहरीले मोटरसाइकल चोरीको शैली, संलग्न समूहको सञ्जाल र अन्य सम्भावित संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। यो समूह लामो समयदेखि कैलालीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरीमा संलग्न रहँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। मोटरसाइकल हराएकाहरूले च्यासिस नम्बरसहित इलाका प्रहरी कार्यालय, सुखडमा सम्पर्क गर्नसमेत प्रहरीले भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित