सुदूरपश्चिमका ८८ स्थानीय तहले  ३४ अर्ब ७९ करोड अनुदान  पाउने

सार्थक ब्यूरो । नेपाल सरकारबाट सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूले ३४ अर्ब ७९ करोड २८ लाख रुपैयाँ अनुदान पाउने भएका छन्।सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा सुदूरपश्चिमका ८८ वटै स्थानीय तहहरूका लागि ३४ अर्ब ७९ करोड २८ लाख अनुदान दिने भएको हो।
कैलालीका १३ वटा स्थानीय तहहरूले सात अर्ब ११ करोड, कञ्चनपुरका स्थानीय तहले चार अर्ब ५० लाख १५ हजार, डोटीका स्थानीय तहले दुई अर्ब ५५ करोड ५४ लाख र बैतडीका स्थानीय तहले दुई अर्ब ६० करोड ६६ लाख अनुदान पाउने छन्।
यस्तै, दार्चुलाका स्थानीय तहले तीन अर्ब २० करोड २९ लाख, अछामका स्थानीय तहले तीन अर्ब ६९ करोड ५१ लाख, डोटीका स्थानीय तहले तीन अर्ब ५३ करोड २२ लाख, बझाङका स्थानीय तहले तीन अर्ब १६ करोड ६८ लाख र बाजुराका स्थानीय तहले दुई अर्ब ६९ करोड ६८ लाख रुपैयाँ विनियोजन हस्तान्तरण पाउने छन्।
सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाले १९ करोड नौ लाख रुपैयाँ विनियोजन हस्तान्तरण पाउने छ। कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट भएका अमरगढी नगरपालिकाले अघिल्लो वर्ष १० लाख रुपैयाँ प्राप्त गरेका थिए।
चालु आर्थिक वर्षमा धनगढीका लागि एक अर्ब एक करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको थियो। अमरगढीका लागि ४५ करोड ५१ लाख विनियोजन गरिएको थियो। कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान वृद्धि भए पनि अन्य अनुदान घटेकाले अमरगढीले आगामी वर्ष पाउने अनुदान घटेको हो।
चालु आर्थिक वर्षमा अमरगढीका लागि कार्यसम्पादनमा आधारित अनुदान ६२ लाख विनियोजित थियो। आगामी वर्षका लागि सोही अनुदान पाँच करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

दोगडा केदार गांउपालीका द्धारा जनहितमा जारी सन्देश

स्वस्थ गाउँ, समृद्ध गाउँ — हाम्रो अभियान, हाम्रो गौरव !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित