सार्थक ब्यूरो । सरकारले घरजग्गा कारोबारमा पारदर्शिता कायम गर्न र अवैध वित्तीय गतिविधि नियन्त्रण गर्न नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि घरजग्गा किनबेच गर्दा किन्ने र बेच्ने दुबै पक्षले आफ्नो बैंक स्टेटमेन्ट र केवाईसी (KYC) फारम अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यिनै कागजातहरू पेश गरेपछि मात्र लिखत पारित हुनेछ।
१० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।भूमि व्यवस्था तथा अभिलेख विभागले जारी गरेको निर्देशिकाअनुसार, यो कदम सम्पत्ति शुद्धीकरण रोकथाम र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी नियन्त्रण गर्न लिइएको हो।
नयाँ व्यवस्था अनुसार:
खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको खातामा रकम जम्मा भएको विवरण (बैंक स्टेटमेन्ट) लिखतसँगै पेश गर्नुपर्नेछ।एक व्यक्तिले एक दिनमा ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेमा त्यसबारे राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ।यस प्रणालीबाट घरजग्गा कारोबार थप पारदर्शी र वित्तीय अनुशासित हुने सरकारको अपेक्षा छ।
























Discussion about this post