कञ्चनपुरका सुनचाँदी व्यवसायी आन्दोलनमा, पसल बन्द गरी प्रशासनलाई बुझाए माग

सार्थक ब्यूरो । सुनचाँदी व्यवसायीहरु तीन बुँदे माग राखेर पसल बन्द गरी प्रशासन कार्यालय पुगेका छन् । कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अगुवाईमा व्यवसायीहरु बिहीबार विहान पसल बन्द गरी जुलुश सहित प्रशासन कार्यालय पुगेका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुनमा लगाएको २ प्रतिशत विलासित र हिरा मोती लगायतका बहुमूल्य धातुको १३ प्रतिशत मूल्य अधिकृत हटाउनु पर्ने लगायतका माग राखेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
व्यवसायीहरुले सुनको भन्सार दर ६ प्रतिशत कायम हुनु पर्ने र सुन चाँदी कारोबार सम्बन्धि ऐन बनाउनु पर्ने माग अघि सारेका छन् ।
सुनचाँदी व्यवसायी महासंघ सहित संघसंस्थाको संयुक्त आन्दोलन कार्यक्रम अनुसार कञ्चनपुरका सबै क्षेत्रमा कारोबार बन्द गरिएको कञ्चनपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरत बहादुर सुनारले जानकारी दिए ।‘यो हाम्रो केन्द्रीय कार्यक्रम हो, त्यस अनुसार महेन्द्रनगर सहित जिल्लाका सबै ठाउँमा पसल बन्द गरी प्रशासन कार्यालय पुगेका छौं’ उनले भने ।
प्रशासन कार्यालयमा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई आफ्नो माग पत्र बुझाएका छन् ।होटेल ओपेराबाट सुरु र्याली मदनचोकबाट मुख्य बजार, नेपाल टेलिकम कार्यालय, दशरथ चोक हुँदै प्रशासन कार्यालय पुगेको हो ।कञ्चनपुर सुनचाँदी व्यवसायी संघ सहित संस्थाको संयुक्त ब्यानर बोकेका व्यवसायीहरु विलासिता कर खारेज गर, भ्याट खारेज लगायतका नारा लगाएका थिए ।
संघका अध्यक्ष सुनार सहित संघका निवर्तमान अध्यक्ष उमेश सुनुवार लगायतका पदाधिकारी, सदस्य र व्यवसायी सहभागी भएका छन् ।उनीहरुले हातमा कालोपट्टी बाँधेर विरोधमा सहभागी भएका हुन् । शुक्रबार पनि कञ्चनपुरका सबै सुनचाँदी पसल बन्द रहने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित