सेती अस्पतालले पहिलोपटक निःसन्तान उपचार केन्द्र स्थापना

सार्थक ब्यूरो ।सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको छ।प्रादेशिक अस्पतालले स्थापना गरेको निःसन्तान उपचार केन्द्रको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले शुक्रबार उद्घाटन गरेका छन्। केन्द्रको उद्घाटन गर्दै मेसु पाण्डेले संघीय र प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको बताए।उनले गत वर्ष नै निःसन्तान उपचार केन्द्र सञ्चालन गर्ने तयारी भएपनि केही प्राविधिक समस्याले हुन नसकेको बताए।
सुदूरपश्चिम प्रदेशमा सेवाको अभावका कारण निःसन्तान दम्पतीहरू उपचारका लागि काठमाडौं तथा भारत जाने गरेकोमा अब उक्त बाध्यता अन्त्य भएको बताउँदै सहज र सुलम रूपमा धनगढीमै सेवा लिन सकिने बताए। प्रादेशिक अस्पतालको स्त्री तथा प्रसुती रोग विभाग प्रमुख डाक्टर विशेषज्ञ डाक्टर खगेन्द्र भट्टले निःसन्तानपन सम्बन्धि समस्याका विभिन्न किसिमका उपचार पद्धति रहेको बताउँदै अहिले आधारभूत तहको आईयुआई सेवा सुचारू गरिएको बताए।
निःसन्तान सम्बन्धि कुनै पनि सेवा उपलब्ध नभएको अवस्थामा सञ्चालन गरिएको आईयुआईबाट निःसन्तानपन भएका दम्पतीले लाभ लिन सक्ने उनी बताउँछन्। उक्त सेवा अन्तरगत पुरूष र महिलाको समान्य स्तरको प्रजनन सम्बन्धि परीक्षण र परामर्श, पुरूषको विर्य विश्लेषण तथा तयारी, सस्तो, सुलभ, सहज र गोपनिय रूपमा सेवा प्राप्त गर्न सक्ने बताए। भट्टले यो सेवाको सुरूवात सुदूरपश्चिमकै महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै भविष्यमा थप सेवा विस्तार गर्न सकिने बताए।
उनकाअनुसार प्रादेशिक अस्पतालले निःसन्तापन भएका दम्पतीलाई साढे ७ हजारको प्याकेजमा उपचार पाउनेछन्। विश्वव्यापी रूपमा १० देखि १५ प्रतिशतमा दम्पतीहरू बाँझोपनको समस्याबाट प्रभावित रहेकोमा नेपालमा १३ देखि १५ प्रतिशत दम्पती यो समस्याबाट प्रभावित हुने अनुमान गरिएको छ। बाँझोपनको समस्या महिला र पुरूष दुवैमा हुने चिकित्सक बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित