पीपीएलएको तेस्रो राष्ट्रिय सम्मेलन सुरु, अध्यक्षमा चारजना आकांक्षी

सार्थक ब्यूरो ।नेकपा एमाले निकट कानून व्यवसायीहरूको संगठन प्रगतिशील तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को तेस्रो राष्ट्रिय सम्मेलन आज राजधानीको कार्की ब्याङ्क्वेटमा सुरु भएको छ।
सम्मेलनको उद्घाटन एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गर्नुभयो। उद्घाटन सत्रमा उहाँले कानून व्यवसायीहरूको भूमिकालाई समावेशी, न्यायोन्मुख र राष्ट्र निर्माणसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनु भयो।
सम्मेलनले संगठनको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदका लागि चार जना आकांक्षी रहेको इञ्चार्ज अच्युत मैनालीले जानकारी दिनुभयो। उहाँका अनुसार सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिनेछ, अन्यथा निर्वाचनको बाटो अपनाइनेछ।
यस सम्मेलनसँगै यस वर्ष नेकपा एमालेले तय गरेका सबै जनसंगठनका महाधिवेशन, सम्मेलन तथा अधिवेशनहरू सम्पन्न हुने भएका छन्। एमालेको सांगठानिक दृष्टिकोणले पीपीएलए महत्त्वपूर्ण संगठन मानिन्छ, जसले न्याय क्षेत्रमा पार्टीको दृष्टिकोण र उपस्थिति विस्तार गर्ने कार्यमा भूमिका खेल्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित