मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन् – चन्द्र भण्डारी

सार्थक ब्यूरो ।नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले बजेटमाथिको छलफलमा भाग लिदै बजेटले युवाविहिन बनाउने भए यसको औचित्य नहुने टिप्पणी गरेका हुन् ।उनले भने- युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा र बाहिर गइरहेका छन् । बाहिर गएर पनि कहाँ सुख पाउनू, त्यहाँ गएर यहाँभन्दा बढी दुस्ख पाएको छ । युवाविहीन देश बनाउने हो भने यो बजेट केका लागि रु हामी युवाविहीन हुँदैछौँ । सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ । मृत्यु भयो भने लास लैजान मान्छे छैन।
सांसद भण्डारीले नेताहरूले भाषण मात्रै गरेको आरोप लगाउदै भाषण गरेर मात्रै देश नबन्ने बताए।
उनले भने-भाषणले औषधि दिन्छ ? भाषणले देशलाई उज्यालो दिन्छ ? भाषणले युवालाई विदेशबाट फर्काउँछ ? मैले देश बुझ्नै सकिनँ, यो देशका नेतृत्व बुझ्नै सकिनँ।
उनले देश बनाउन सकिने भए पनि देशमा बेथिति बढेको र राजनीतिक नेतृत्व सहि नभएको बताए । उनले बजेटमा विनियोजन गरिएको रकम सहि ठाउमा नरहेको बताउदै काम गर्न नसके राजीनामा दिन आग्रह गरे ।
सांसद भण्डारीले विश्वमा विकासको प्रतिष्पर्धा भएपनि हाम्रो देशमा भने गरिवी बढाउने प्रतिष्पर्धा बढेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित