भारतको मणिपुरमा गोलीबारी, एक महिलाको मृत्यु

सार्थक ब्यूरो । भारतको मणिपुरमा सुरक्षा बल र अज्ञात हतियारधारीहरू बीचको गोलीबारीमा एक कुकी महिलाको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार गोलीबारीमा मृत्यु हुने महिलाको नाम हुइखोलहिङ हाइकिप रहेको मणिपुर प्रहरीलाई उदृत गर्दै उल्लेख गरेका छन् ।
मणिपुरको आदिवासी जनजाति नेता मञ्चले कुकी आदिवासी महिलाको मृत्युलाई ुक्रूर र लक्षित हत्याु भनेर वर्णन गरेको छ । महिलाको मृत्युको विरोध गर्दै, मञ्च र केही कुकी नागरिक संगठनहरूले आ(आफ्नो क्षेत्रमा बन्दको घोषणा गरेका छन्।
मञ्चका अनुसार, गोलीबारीमा ज्यान गुमाउने महिला लाङचिङमान्बी गाउँका प्रमुखकी श्रीमती थिइन् ।इम्फाल उपत्यकाको सिमानाको अन्तिम छेउमा अवस्थित, फुबालाको विशाल कृषि भूमि एकातिर कुकी बहुल चुराचन्दपुर जिल्लाको पहाडले घेरिएको छ । यस क्षेत्रमा मेइतेई र कुकी जनजातिहरू बीच धेरै महिनादेखि तनाव चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित