विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेको ह्वीप जारी

सार्थक ब्यूरो ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित भई विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिइएको हो।
सरकारले जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गरेको विनियोजन विधेयक मङ्गलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।
ह्वीप जारी गर्दै प्रमुख सचेतक बर्तौलाले भनेका छन्, “विधेयकको पक्षमा उपस्थित भई मतदान गर्नु सबै सांसदको अनिवार्य कर्तव्य हो।”
प्रतिनिधिसभामा सरकारको बहुमतसहित विनियोजन विधेयक पारित गर्ने रणनीतिक तयारी अन्तर्गत प्रमुख दलहरूले आफ्नो संसदीय उपस्थितिलाई सुनिश्चित गर्न थालेका छन्।

सत्ता गठबन्धनभित्रको सहकार्य र ह्वीप प्रणालीमार्फत विनियोजन विधेयक सहज पारित हुने निश्चितजस्तै देखिन्छ। यद्यपि कतिपय दलहरूको फरक अभिव्यक्ति, संसोधन प्रस्ताव र मतदान शैलीले संसदमा नीति र निष्ठा दुवैको परीक्षण हुने संकेत देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित