विश्व संगीत दिवसको अवसरमा प्रताप दास र गीता पाण्डेको स्वरमा यो मन’सार्वजनिक

सार्थक ब्यूरो । संगीतले नयाँ ऊर्जा दिन्छ भने गीत, संगीत,कलाले जीवन बाँच्ने सुन्दर बाटो दिन्छ । कर्णप्रिय प्रेमिल युगल गीत विश्व संगीत दिवसको अवसर पारेर यो मनु गीत सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका गीता पाण्डेको सुमधुर आवाजमा रहेको बिल्कुलै नयाँ गीत यो मन को म्युजिक भिडियो सार्वजनीक भएको छ ।
मायाप्रेम भाव प्रकट गर्ने गीतमा वरिष्ठ गीतकार प्रमोद ढुङ्गानाको शब्द रचना अनि मनोज चौलागाईको संगीत साथै संगीत संयोजन साथै प्रकाश मिश्रको मिक्सिङ रहेको छ यस गीतको म्युजिक भिडियोमा रोजेन सुन्दास र स्मृति श्रेष्ठले स्क्रिन सेयर गरेका छन् । युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।
नितीन चन्द यस गीतको म्युजिक भिडियो निर्देशन हुन् । यस गीतको म्युजिक भिडियोलाई अभय चौधरीले छाँयाङकन अनि सहायक निर्देशन चिरन्जिबी पौडेलले र लक्ष्मी शाहीले सम्पादन गरेका छन । यस भिडियोलाई गीता पाण्डे युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित