सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

शिक्षक संगठन शाहीको नेतृत्वमा ११ सदस्यीय केन्द्रीय कार्यसमिति

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ असार ९, सोमबार ६:४८
in Breaking (With Image), समाचार
0
शिक्षक संगठन शाहीको नेतृत्वमा ११ सदस्यीय केन्द्रीय कार्यसमिति

सार्थक ब्यूरो । नेकपा एमाले निकट शिक्षकहरूको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको १४औं राष्ट्रिय महाधिवेशनबाट हंसबहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन्।उनी यसअघि दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। काठमाडौँमा सम्पन्न महाधिवेशनबाट शाहीको नेतृत्वमा ११ सदस्यीय केन्द्रीय कार्यसमिति बनेको छ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी र महिला उपाध्यक्षमा अम्बिका चापागाई चयन भएका छन्। महासचिवको जिम्मेवारी प्रकाश खनाल छन् भने उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा वेणु काफ्ले र कोषाध्यक्षमा नरबहादुर रावल चयन भएका छन्।महाधिवेशनले काठमाडौँबाट राष्ट्रिय समिति सदस्यमा माधवप्रसाद ओली, राधा पौडेल र चिना शर्मालाई चयन गरेको छ।अध्यक्ष पदका लागि शाहीसँगै कमला थापा र यमबहादुर कुँवर आकांक्षी थिए। तर अन्ततः शाहीले बाजी मारे।
नवनिर्वाचित अध्यक्ष शाही २०४६ सालमा शिक्षण सेवामा प्रवेश गरेका थिए। सोही वर्ष उनले नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्यता लिएर संगठनिक यात्रा प्रारम्भ गरेका थिए।उनले दुई कार्यकाल कालिकोट जिल्ला अध्यक्षका रूपमा काम गरे। साथै, शिक्षक युनियन कालिकोटको नेतृत्व र विद्यालयस्तरीय शैक्षिक नेतृत्व पनि सम्हाले।शाहीले सम्हालेका मुख्य संगठनिक जिम्मेवारीमा २०५७–२०६२ सम्म कालिकोट जिल्ला अध्यक्ष, २०६०–२०७५ सम्म प्रधानाध्यापक, २०६२–२०६५ सम्म केन्द्रीय सदस्य, २०७०–२०७५ सम्म उपाध्यक्ष र २०७६ देखि २०८२ सम्म लगातार दुई कार्यकाल महासचिव रहेका छन्।
उनी शिक्षक आन्दोलन, संगठन विस्तार र नेतृत्व विकासका निम्ति संघर्षशील, निष्ठावान र जिम्मेवार व्यक्तित्वको रूपमा चिनिन्छन्। संगठनभित्र उनको संयमित र समावेशी नेतृत्व शैलीको कदर हुँदै आएको छ।
महाधिवेशनले संगठनलाई नयाँ उचाइमा लैजाने, शिक्षक हितका विषयमा दृढ अडान लिने र शिक्षा प्रणालीमा गुणस्तर सुधार ल्याउने गरी शाहीको नेतृत्वमा आशा गरिएको छ। शाहीले आफू संगठनलाई अभियानमुखी, रूपान्तरणशील र समावेशी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

Previous Post

शेयर शिक्षा दिन ‘इन्भेष्टमेन्ट गुरु’ सञ्चालनमा

Next Post

शिक्षालाई किताबी ज्ञानबाट जीवन उपयोगी सीपमा रुपान्तरण नगरेसम्म समृद्धि केवल नारा बन्नेछ

Next Post
शिक्षालाई किताबी ज्ञानबाट जीवन उपयोगी सीपमा रुपान्तरण नगरेसम्म समृद्धि केवल नारा बन्नेछ

शिक्षालाई किताबी ज्ञानबाट जीवन उपयोगी सीपमा रुपान्तरण नगरेसम्म समृद्धि केवल नारा बन्नेछ

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.