सार्थक ब्यूरो । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीलाई नेपालको कम्युनिष्ट आन्दोलनमा जीवनका लागि सिद्धान्त रोज्ने अग्रणी नेता भएको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
७४औँ मदन भण्डारी जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४औँ जन्मजयन्ती । जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।”
प्रधानमन्त्री ओलीले मदन भण्डारीको योगदान केवल सैद्धान्तिक क्षेत्रमै सीमित नरही, नेपालको परिवर्तनको यात्रामा व्यवहारिक वैकल्पिक मार्ग खोज्ने प्रयासको रूपमा पनि रहेको स्मरण गराउनुभएको छ।


















Discussion about this post