सार्थक ब्यूरो । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिम प्रदेशले उल्लेखनीय सफलता हासिल गर्दै देशको दोस्रो अग्रणी प्रदेशको हैसियत प्राप्त गरेको छ। परीक्षा नतिजा विश्लेषण गर्दा सुदूरपश्चिमबाट सबैभन्दा बढी संख्यामा विद्यार्थीहरू ग्रेडमा समावेश भएको पुष्टि भएको छ।
माध्यमिक शिक्षा बोर्ड (राष्ट्रिय परीक्षा बोर्ड) द्वारा सार्वजनिक गरिएको नतिजा अनुसार सुदूरपश्चिम प्रदेशका ५९ हजार ८ सय ४ परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्। अर्थात् उनीहरू पास भएका विद्यार्थीमा पर्छन्। ग्रेड प्रणालीमा असफल विद्यार्थीलाई नन-ग्रेड (NG) र सफललाई ग्रेडमा समावेश गरिन्छ।
देशभरबाट ४ लाख ९९ हजार १ सय ८३ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७ सय १५ जना सहभागी थिए।
सुदूरपश्चिम प्रदेशलाई पछाडि पार्दै सबैभन्दा बढी विद्यार्थी ग्रेडमा समावेश भएको प्रदेश बागमती रहेको छ। त्यहाँका १ लाख १९ हजार ५ सय १७ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। यस्तै, अन्य प्रदेशहरूमा मधेस प्रदेशस् ५९,७४९ लुम्बिनी प्रदेशस् ५७,६८७ कोशी प्रदेशस् ४७,८३५गण्डकी प्रदेशस् ४७,८४९ कर्णाली प्रदेशस् ४६,४५५
परीक्षाफल अनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडमा ९सफल० रहेका छन्, जुन गत वर्षको तुलनामा झण्डै १४ प्रतिशतले वृद्धि भएको हो। यसले देशभरको शैक्षिक सुधारको संकेत त दिन्छ नै, सँगसँगै सुदूरपश्चिम प्रदेशको शिक्षामा आएको सकारात्मक लहरको पनि पुष्टि गर्दछ।
शैक्षिक रुपमा तुलनात्मक रूपमा पछाडि मानिँदै आएको सुदूरपश्चिम प्रदेशको यो प्रगति सराहनीय भएको विश्लेषकहरूको भनाइ छ। आगामी दिनमा यो उपलब्धिलाई थप संस्थागत गर्नका लागि प्रदेश सरकारले गुणस्तरीय शिक्षामा लगानी र नीति प्राथमिकता अझ बढाउनु पर्ने आवश्यकता देखिएको छ।


















Discussion about this post