सुदूरपश्चिम प्रदेशको बजेटमाथि छलफल आजदेखि सुरु

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि प्रदेशसभामा औपचारिक छलफल सुरु हुँदैछ।
असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापाले प्रदेशसभामा ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेट पेश भएको झण्डै तीन साता बितिसकेको अवस्थामा आजबाट छलफल प्रक्रिया सुरु गर्न लागिएको हो।
प्रदेशसभा सचिवालयका अनुसार बजेटमाथि छलफल गर्न आज दिउँसो ४ बजे सभा बैठक बस्नेछ। सभामुख भीमबहादुर भण्डारीका अनुसार लगातार तीन दिनसम्म चल्ने छलफलपछि असार १७ गतेसम्म बजेट पारित गरिने तयारी छ।
यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पनि असार १७ गतेभित्र बजेट पारित गर्ने सहमति जुटाएको थियो। अब प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि सत्तापक्ष र विपक्ष दुबैतर्फका सदस्यहरूले आ-आफ्ना विचार प्रस्तुत गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित