सार्थक ब्यूरो ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ गतेदेखि लागू हुने गरी आफूलाई राज्यबाट दिइँदै आएको सम्पूर्ण सेवा–सुविधा त्यागेकी छन्। उनले सेवा त्याग गरेको औपचारिक पत्र बुधबार गृह मन्त्रालयमा दर्ता भएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार, भण्डारीले पाउँदै आएकामध्ये स्वकीय सचिव, कार्यालय सहयोगी लगायतका लागि मासिक डेढ लाख रुपैयाँ बराबरको सुविधा अब रोकिएको छ। त्यस्तै, उनले राज्यबाट पाइरहेको सवारी नलिँदा पनि उपलब्ध गराइँदै आएको पेट्रोल सुविधा पनि बुधबारदेखि बन्द गरिएको छ।
यद्यपि सुरक्षा भने पूर्वराष्ट्रपतिलाई नत्याग्न मिल्ने संवैधानिक व्यवस्था भएकाले उनीले सुरक्षा सुविधा भने पाउने छिन् । पूर्वराष्ट्रपति भण्डारीले केही दिनअगाडि, असार १४ गते, जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आफूले एमालेको सदस्यता नवीकरण गराएको जानकारी सार्वजनिक रूपमा दिएकी थिइन्। उक्त कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पनि प्रमुख अतिथि थिए, तर उनी स्पेन भ्रमणका लागि हतारमा रहेका कारण भण्डारीको घोषणा सुन्ने अवसर पाएनन्।


















Discussion about this post