कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँचजना बिरामी

सार्थक ब्यूरो ।कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँचजना बिरामी भएका छन् ।दोधारा–चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँचजना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार सुनारका १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीया नाति भीम सुनार, १२ वर्षीया नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार बिरामी भएका हुन् । “भारतको नङ्ग्रा जंगलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उनको परिवारका पाँचै जना बिरामी परेका हुन्”, बोहराले भन्नुभयो, “पाँचै जनाको दोधारा–चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित