भीमदत्तका उप मेयर जोशीले विपिन जोशी रिहाईका लागि इजरायलका परराष्ट्र मन्त्रीसित आग्रह गरिन्

सार्थक ब्यूरो । इजराजलमा म्यूनी एक्स्पो २०२५ मा सहभागी भीमदत्त नगरपालिकाका उप मेयर निमल लेखक जोशीले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाईका लागि इजरायली परराष्ट्रमन्त्रीसित आग्रह गरेकी छन् ।
इजरायका लागि नेपाली राजदूत धन प्रसाद पण्डितको अनुरोधमा लेखक सहित एक्स्पोमा सहभागी सबैले इजरायली परराष्ट्र मन्त्रिसित भेट गरेका छन् । भीमदत्तका उप मेयर लेखकले परराष्ट्र मन्त्रीलाई जोशीको रिहाईका लागि ध्यानाकर्षण गराइन् ।
लेखकका स्वकीय सचिव पार्वती सिहका अनुसार उप मेयर जोशीले बिपिन जोशीको रिहाई सम्बन्धि ईजरायली परराष्ट्रमन्त्रीसंग विशेष छलफल गरी ध्यानार्षण गराएकी छन् ।
हमासले बन्धक बनाएका जोशी भीमदत्त नगरपालिका ३ भाँसीका हुन् । उनी सुदूरपश्चिम विश्वविद्यालयको अर्न एण्ड लर्न कार्यक्रम अन्र्तगत अध्ययनका लागि इजरायल गएका हुन् ।
इजरायल सरकारको निमन्त्रणमा नेपालबाट विभिन्न स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख, राष्ट्रिय योजना आयोगका सदस्य, मधेश प्रदेश सरकारका नीति आयोगका उपाध्यक्ष, शहरी विकास मन्त्रालयका सचिव र सह सचिव लगायतका कार्यक्रममा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित