सरकारले थिति बसाल्न दण्ड-पुरस्कारको व्यवस्था गरेको छ : प्रधानमन्त्री

सार्थक ब्यूरो । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। समयमै निर्माण सम्पन्न नभएपछि जिम्मेवारी लिएका निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको उहाँले बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीका अनुसार निर्माणमा ढिलाइ हुनामा वर्षा र अन्य प्राविधिक कारणले भूमिका खेलेका छन्। यद्यपि, सरकारले कामको गुणस्तरमा सम्झौता नगर्ने नीति अनुरूप अब परिणाममुखी कार्यशैली अपनाइएको उहाँको भनाइ छ। ‘ कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ, तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ, तीन सिफ्टमा काम गर्दा पनि वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ ।
उहाँले अबका दिनमा सरकारी निर्माण आयोजनामा ढिलाइ र लापरबाही नस्विकारिने स्पष्ट पार्नु भएको छ। ‘अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ, सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौँ’, प्रधानमन्त्री ओलीले लेख्नु भएको छ ।
कीर्तिपुर रङ्गशालाको निर्माणलाई समयमै सम्पन्न गर्ने लक्ष्यसहित सरकारले निर्माण कम्पनीलाई प्रोत्साहन र निगरानी दुवै तीव्र बनाएको छ। काम गर्नेलाई अवसर, ढिलाइ गर्नेलाई दण्डको नीति अब सशक्त रूपमा कार्यान्वयन गरिने प्रधानमन्त्रीले उल्लेख गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित