सार्थक ब्युरो।बेलडाँडी गाउँपालिकाले सरकारी बजेट वितरणमुखी शैलीमा, कुनै पनि स्पष्ट कार्यविधिबिनै खर्च गरेको पाइएको छ। नेपाल सरकारको महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमार्फत यस्तो अस्वाभाविक खर्चमा गम्भीर प्रश्न उठाएको हो।महालेखाको प्रतिवेदन अनुसार पालिकाले सांस्कृतिक संरक्षण र खेलकुद कार्यक्रमका नाममा लाखौं रुपैयाँ खर्च गर्यो, तर ती कार्यक्रमहरूबाट प्रत्यक्ष सार्वजनिक लाभ हुने कुनै आधार भेटिएन। स्थानीय सरकार सञ्चालन ऐन अनुसार, स्थानीय तहले अधिकतम प्रतिफल दिने कार्यक्रम छान्नुपर्ने व्यवस्था छ, तर बेलडाँडीले त्यसको उल्टो दिशामा हिँडेको छ।
विशेष रूपमा, पालिकाले निम्न कार्यक्रमहरूमा बजेट खर्च गरेको देखिन्छ:
-
सांस्कृतिक जगेर्ना कार्यक्रममा रु. ५ लाख
-
भलमन्सा क्षमता विकासमा रु. ४ लाख
-
वृत्तचित्र निर्माणमा रु. २ लाख
-
रामलीला कार्यक्रममा रु. २ लाख ३० हजार
-
न्यू खप्तड युवा क्लबलाई रु. ५० हजार
-
जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा रु. ६४ हजार ४ सय
महालेखाले स्पष्ट रूपमा भनेको छ – “कार्यविधिविना वितरणमुखी कार्यमा खर्च हुँदा त्यसबाट पालिकालाई प्रतिफल हुने देखिदैन। यस्ता खर्चहरू वास्तविक आवश्यकतामा आधारित हुनुका साथै पारदर्शी ढंगले गर्न जरुरी छ।”
बेलडाँडी गाउँपालिकाको नेतृत्व नेपाली काँग्रेसका कञ्चनपुर उपसभापति हरिशचन्द्र रानाले गरेका छन् भने प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर ऐर आर्थिक वर्ष २०८०/८१ देखि कार्यरत छन्।
महालेखाको सुझाव अनुसार, यस्ता अनुत्पादक खर्चलाई नियन्त्रण गर्न, पारदर्शिता कायम गर्न र कार्यविधिको पालना गर्न पालिकालाई विशेष ध्यान दिनुपर्ने देखिन्छ। अन्यथा, यसले भ्रष्टाचार र स्रोतको दुरुपयोगलाई मलजल दिने खतरा रहन्छ।








Discussion about this post