सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सहिद भीमदत्त पन्तको स्मृति दिवस सम्पन्न :सहभागीको प्रश्न सहिदसँग विभेद किन ?

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण १७, शनिबार ८:२१
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
सहिद भीमदत्त पन्तको स्मृति दिवस सम्पन्न :सहभागीको  प्रश्न सहिदसँग विभेद किन ?
सार्थक ब्युरो।शहिद भिमदत्त पन्त स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय कन्चनपुर काे आयाेजनामा केन्द्रीय कार्यालय महेन्द्रनगर कन्चनपुर कार्यालय हाता भित्र किसानको हक र समाजिक न्यायका पक्षमा आफ्नै जीवन उत्सर्ग गरेका सहिद भीमदत्त पन्तको ७२औं स्मृति दिवसकन्चनपुर काे महेन्द्रनगरमा श्रद्धाञ्जली कार्यक्रमसहित सम्पन्न गरिएको छ। भिमदत्त प्रतिष्ठानका केन्द्रिय अध्यक्ष हरि प्रसाद जोशीको अध्यक्षता तथा पूर्व उपसभामुख भोजराज जोशीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक र पत्रकारिता क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।कार्यक्रममा पूर्व सांसद पुरन दयाल, पूर्व प्रदेशसभा सदस्य महेश दत्त जोशी, नेकपा एमालेका उपाध्यक्ष जनकराज अवस्थी, नेकपा माओवादीका नेता आनन्द धामी, नेपाल पत्रकार महासंघका अध्यक्ष सुरेश धामीलगायतले भीमदत्तको योगदानमाथि प्रकाश पार्दै वहाँका विचार आज पनि त्यत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे।

यद्यपि, वक्ताहरूको धारणा स्पष्ट थियो— सहिद पन्तलाई राज्यले विभेदकारी व्यवहार गरिरहेको छ। पूर्वी नेपालका सहिदहरूका नाममा करोडौंका संरचना, संग्रहालय, कार्यक्रम र बजेट छुट्याइएका छन्, तर देशका सुदूर पश्चिमका सहिद पन्तको नाममा राज्य मौन छ। राष्ट्रिय स्तरका सहिदहरूमाझ देखिएको भेदभावको यो प्रतिनिधि उदाहरण हो, जसले राज्यको दृष्टिकोणप्रति गम्भीर प्रश्न खडा गरेको छ।

भिमदत्त नगरपालिका नाम त राखिएको छ, तर त्यस नगरपालिकाले आजसम्म सहिद पन्तलाई आधिकारिक रूपमा सम्झन कुनै कार्यक्रम गरेको छैन, कुनै स्मारक निर्माण गरिएको छैन, न त सहिदका विचार र शिक्षालाई पुस्तान्तरण गर्न ठोस पहल गरिएको छ। यो लापरबाही मात्र होइन, सुदूरपश्चिमप्रति राज्य संरचनाको उपेक्षापूर्ण दृष्टिकोणको संकेत हो।

सहिद पन्तको जन्म १९८३ साल मंसिर १० गते डडेलधुराको कारिगाउँमा भएको थियो। मात्र २७ वर्षको उमेरमा राज्य र सामन्ती व्यवस्थाविरुद्धको लडाईंको क्रममा आफ्नै मित (जिगरी दोस्त)  लालबहादुर थापा र भम्भा दयालको षड्यन्त्रमा क्रूर तरिकाले टाउको छिनालेर हत्या गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले सहिद पन्त शारीरिक रूपमा हामीबीच नरहे पनि वहाँको विचार अझै पनि जीवित रहेको स्मरण गरे। उनीहरूले सामन्तवाद, वर्गीय उत्पीडन र अन्यायविरुद्धको पन्तको चेतनालाई वर्तमान राजनीतिक नेतृत्वले आत्मसात नगरेकोमा असन्तोष पनि प्रकट गरे।कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव कर्ण बहादुर चन्दले गरेका थिए। कार्यक्रमको सहभागितामा कोषाध्यक्ष रामचन्द्र शाह, कार्यसमिति सदस्यहरू प्रदीप राना, शारदा भट्ट, चन्द्रा अवस्थी, साथै पार्वती जोशी, खेमराज जोशी, लक्ष्मी ताम्राकार, पद्मराज जोशी, जया दमाई, तिलकप्रसाद जोशी, सुमन चौधरी, सीमा चौधरी, आरती चौधरी, धनबहादुर बोहरा,रनि बिवस, बासुदेव भट्ट,पदम सिंह खडका, मदन गिरी लगायत दर्जनौं अभियन्ताहरूको उल्लेखनीय सहभागिता थियो।भीमदत्त पन्तको स्मृतिको संरक्षण राज्यको दायित्व हो। सुदूरपश्चिमका जनताका लागि यो केवल एउटा श्रद्धाञ्जली मात्र होइन, न्याय र समावेशी राष्ट्र निर्माणको लागि राज्यबाट मागिएको इमानदारी हो। सहिदहरूमाझ राज्यबाट गरिएको विभेद नै सहिद भीमदत्तका सपनालाई झन विफल बनाइरहेको छ।सहिद पन्तको चेतनालाई विद्यालय, पाठ्यक्रम, नगर योजना, स्मारक, तथा युवा कार्यक्रममार्फत स्थायी स्मृति बनाइनु जरुरी छ। स्थानीय निकाय, प्रदेश सरकार तथा संघीय सरकारले अब प्रश्नको उत्तर दिनैपर्छ र मागिनै पर्दछ।

Previous Post

बाघ खोज्न गएका हात्ती र टोली फिर्ता

Next Post

सहिद भीमदत्त पन्त स्मृति दिवस : विद्रोहदेखि विचारसम्मको बाटो

Next Post
सहिद भीमदत्त पन्तको स्मृति दिवस सम्पन्न :सहभागीको  प्रश्न सहिदसँग विभेद किन ?

सहिद भीमदत्त पन्त स्मृति दिवस : विद्रोहदेखि विचारसम्मको बाटो

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.