यद्यपि, वक्ताहरूको धारणा स्पष्ट थियो— सहिद पन्तलाई राज्यले विभेदकारी व्यवहार गरिरहेको छ। पूर्वी नेपालका सहिदहरूका नाममा करोडौंका संरचना, संग्रहालय, कार्यक्रम र बजेट छुट्याइएका छन्, तर देशका सुदूर पश्चिमका सहिद पन्तको नाममा राज्य मौन छ। राष्ट्रिय स्तरका सहिदहरूमाझ देखिएको भेदभावको यो प्रतिनिधि उदाहरण हो, जसले राज्यको दृष्टिकोणप्रति गम्भीर प्रश्न खडा गरेको छ।
भिमदत्त नगरपालिका नाम त राखिएको छ, तर त्यस नगरपालिकाले आजसम्म सहिद पन्तलाई आधिकारिक रूपमा सम्झन कुनै कार्यक्रम गरेको छैन, कुनै स्मारक निर्माण गरिएको छैन, न त सहिदका विचार र शिक्षालाई पुस्तान्तरण गर्न ठोस पहल गरिएको छ। यो लापरबाही मात्र होइन, सुदूरपश्चिमप्रति राज्य संरचनाको उपेक्षापूर्ण दृष्टिकोणको संकेत हो।
सहिद पन्तको जन्म १९८३ साल मंसिर १० गते डडेलधुराको कारिगाउँमा भएको थियो। मात्र २७ वर्षको उमेरमा राज्य र सामन्ती व्यवस्थाविरुद्धको लडाईंको क्रममा आफ्नै मित (जिगरी दोस्त) लालबहादुर थापा र भम्भा दयालको षड्यन्त्रमा क्रूर तरिकाले टाउको छिनालेर हत्या गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले सहिद पन्त शारीरिक रूपमा हामीबीच नरहे पनि वहाँको विचार अझै पनि जीवित रहेको स्मरण गरे। उनीहरूले सामन्तवाद, वर्गीय उत्पीडन र अन्यायविरुद्धको पन्तको चेतनालाई वर्तमान राजनीतिक नेतृत्वले आत्मसात नगरेकोमा असन्तोष पनि प्रकट गरे।कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव कर्ण बहादुर चन्दले गरेका थिए। कार्यक्रमको सहभागितामा कोषाध्यक्ष रामचन्द्र शाह, कार्यसमिति सदस्यहरू प्रदीप राना, शारदा भट्ट, चन्द्रा अवस्थी, साथै पार्वती जोशी, खेमराज जोशी, लक्ष्मी ताम्राकार, पद्मराज जोशी, जया दमाई, तिलकप्रसाद जोशी, सुमन चौधरी, सीमा चौधरी, आरती चौधरी, धनबहादुर बोहरा,रनि बिवस, बासुदेव भट्ट,पदम सिंह खडका, मदन गिरी लगायत दर्जनौं अभियन्ताहरूको उल्लेखनीय सहभागिता थियो।भीमदत्त पन्तको स्मृतिको संरक्षण राज्यको दायित्व हो। सुदूरपश्चिमका जनताका लागि यो केवल एउटा श्रद्धाञ्जली मात्र होइन, न्याय र समावेशी राष्ट्र निर्माणको लागि राज्यबाट मागिएको इमानदारी हो। सहिदहरूमाझ राज्यबाट गरिएको विभेद नै सहिद भीमदत्तका सपनालाई झन विफल बनाइरहेको छ।सहिद पन्तको चेतनालाई विद्यालय, पाठ्यक्रम, नगर योजना, स्मारक, तथा युवा कार्यक्रममार्फत स्थायी स्मृति बनाइनु जरुरी छ। स्थानीय निकाय, प्रदेश सरकार तथा संघीय सरकारले अब प्रश्नको उत्तर दिनैपर्छ र मागिनै पर्दछ।










Discussion about this post