सार्थक ब्युरो। लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उच्च भएपछि शारदा ब्यारेज हुँदै हुने चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सोमबार बिहान ८ बजे नदीमा पानीको बहाव एक लाख नौ हजार नौ सय ८० क्युसेक पुगेपछि सुरक्षाका कारण सवारीसाधनको आवतजावत रोकिएको हो।महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सवारीसाधन बन्द गर्ने पूर्वनियमतः व्यवस्था हो’, उहाँले भन्नुभयो, ‘आज बिहान निर्धारित मात्रा नाघेपछि चारपाङ्ग्रे सवारी रोकिएको हो।’
यसअघि पनि बर्षायाममा यस्तो बहाव भएपछि ब्यारेज हुँदैको सवारी चलाउने रोक लगाउने गरिएको थियो। नदीमा पानीको बहाव अझै बढ्ने सम्भावना रहेकाले सवारी प्रयोगकर्ताहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सतर्क रहन प्रहरीले अनुरोध गरेको छ।








Discussion about this post