गणेश घिमिरे
इलाम नगरपालिकास्थित ग्रिनभ्याली एकाडेमीमा लागूऔषध दुरुपयोग विरुद्ध जागरुकता बढाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय इलामले विद्यार्थी लक्षित सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लागूऔषधको हानिकारक प्रभाव, यसको कानूनी दण्ड–विधान, लागूऔषधको प्रकार, त्यसबाट हुने असर तथा यसबाट बच्ने उपाय र यसबाट टाढा रहनुपर्ने कारणबारे विस्तृत जानकारी दिइयो । युवा पुस्तालाई सकारात्मक सोच, स्वस्थ जीवनशैली र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विभिन्न गतिविधिहरू पनि सञ्चालन गरिएको बिद्यालय प्रशासक चिन्तामणि (सिएम) चम्लगाइँले बताउनुभयो ।
विद्यालयस्तरमै सचेतना कार्यक्रम सञ्चालन गर्नु दीर्घकालीन अपराध न्यूनीकरणको प्रभावकारी माध्यम रहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो । उहाँले लागूऔषध बाट टाढा रहँदै शिक्षा, खेलकुद र सिर्जनशील क्रियाकलापमा सक्रिय हुन आग्रह गर्नुभयो । यस प्रकारका सचेतना अभियानले विद्यार्थीहरूलाई मात्र होइन, समग्र समुदायलाई सुरक्षित र स्वस्थ समाज निर्माणतर्फ अग्रसर गराउने विश्वास व्यक्त गरिएको बिद्यालयका सञ्चालक कुमार बैद्यले बताउनुभयो ।








Discussion about this post