सार्थक ब्युरो।यस वर्षको गौरा पर्व भदौ १२ गतेदेखि सुरु भई भदौ १५ गते मुख्य दिन अठवालीका रूपमा मनाइने भएको छ । अठोला पञ्चाङ्गका ज्योतिष डिल्लीराज जोशीका अनुसार, गौरा पर्व पर्वतराज हिमालय पुत्री पार्वतीको कठोर तपस्याबाट प्राप्त सफलता र समृद्धिको प्रतीक स्वरूप बैदिक कालदेखि मनाइँदै आएको मौलिक सांस्कृतिक पर्व हो।
पर्वमा मुख्य भूमिका ब्रतालु नारीहरूले निर्वाह गर्छन्। भदौ १२ गते पञ्चमी तिथिमा बिहान ७ः१० बजेसम्म सिंहलग्न र अपराह्न ३ः५४ बजेसम्म पञ्चमी रहनेछ। यसै दिन बिरुडा (पञ्च अनाज) भिजाउने परम्परा पनि चलाइन्छ। भदौ १३ गते षष्टितिथिमा बिरुडा धुने र नोला (पानीको धारामा) गौरा पूजिने परम्परा छ। भदौ १४ गते गौरा सप्तमी र अमुक्ताभरण सप्तमीमा गौरा भित्र्याउने र दुबधागो पूजाआजा गरिनेछ। भदौ १५ गते मुख्य दिन दुर्वाष्टमी व्रतमा अठवाली मनाइने कार्यक्रम रहेको छ।
गौरा पर्वले नयाँ सृष्टि, माया–प्रेमाकर्षण, पारिवारिक मिलन, सामाजिक सद्भाव र बन्धुत्वको सन्देश दिन्छ। महिलाहरू चार दिनसम्म निराहार ब्रतबसी, गौरी–महेश्वरको प्रतिमा निर्माण गरी मंगलामुखी बाणी (सगुना) र बिरुडाको प्रसादसँग इच्छित फल प्राप्तिका लागि पूजा आराधना गर्ने गर्छन्। विशेष गरी यस वर्ष नवविवाहिता (नौली) महिलाहरू उज्याली गोरामा दुबधागो लगाउन पाउने भएकाले पर्व अझ उल्लासमय रहने ज्योतिषहरूले बताएका छन्।विज्ञप्तिमा सबै नेपाली दिदी–बहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, स्वास्थ्य र समृद्धिको मंगलमय शुभकामना व्यक्त गरिएको छ।
गाैरा पर्व २०८२ काे सार्थक अनलाइन.कम र सार्थक साप्ताहिक परिवारकाे पनि शुभकामना।


















Discussion about this post