सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

छाउगोठ भत्काउन महिलाको सक्रियता

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ भाद्र १०, मंगलवार ६:५४
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
छाउगोठ भत्काउन महिलाको सक्रियता

सार्थक ब्युरो। जिल्लामा महिलाहरू आफैं अग्रसर भई छाउगोठ भत्काउने अभियान चलाइरहेका छन्। जिल्ला प्रशासन कार्यालयले नौ वटै पालिकामा छाउगोठ हटाउन आग्रह गरेपछि यहाँका महिलाहरू सक्रिय बनेका हुन्।

वेदकोट नगरपालिका–१०, चतहरीकी करिब ५५ वर्षीया कलाशा चुनारले लामो समयदेखि रजस्वला हुँदा छुट्टै छाउगोठमा बस्दै आएकी थिइन्। तर अब उनले यस कुप्रथालाई अन्त्य गर्ने संकल्प गर्दै आफ्नो छाउगोठ भत्काइदिएकी छन्। “महिनावारी त महिलामा हुने प्राकृतिक प्रक्रिया हो, यसका लागि छुट्टै गोठ बनाउनुपर्ने कुरा गलत रहेछ भन्ने बुझेपछि अब गोठमा बस्ने कुरा नै छैन,” उनले भनिन्।

उनकी छिमेकी मिस्रा चुनारले समेत बर्सौंदेखि चल्दै आएको अन्धविश्वासलाई अन्त्य गर्ने निर्णय लिएका छन्। “अभियान सुरु भएपछि चेत खुलेको छ, अब छोरी–बुहारीलाई पनि छाउगोठमा बस्न दिने छैनौं,” उनले बताए।

यसैबीच, बिहीबार चतहरीमा वडा कार्यालयको आयोजना र स्विट नेपालको सहकार्यमा अन्तर्क्रिया तथा सचेतना कार्यक्रम गरिएको थियो। कार्यक्रममा सहभागी महिलाहरूले छाउगोठलाई मनैदेखि हटाउनुपर्नेमा जोड दिए।

वेदकोट नगरपालिकाकी उपप्रमुख तुलसी जोशीले छाउगोठलाई देवी–देवता खुसी पार्ने साधन मान्ने धारणाले महिलालाई यातना दिइएको उल्लेख गर्दै अब यो कुप्रथा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताइन्। वडा नं. १० का अध्यक्ष रतनसिंह विष्टले दलित र जनजाति बस्ती चतहरीलाई छाउपडी अन्त्य अभियानको नमूना क्षेत्र बनाउनुपर्ने धारणा राखे।

स्थानীয় प्रहरी प्रशासनको उपस्थितिमा महिलाले आफ्नै हातले छाउगोठ भत्काएपछि त्यहीँ अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो। जिल्ला प्रहरी प्रमुख खड्कबहादुर खत्रीले छाउगोठमा बस्ने प्रथा कानुनले समेत निषेध गरेको स्मरण गराउँदै, “रजस्वलाका बेला अमानवीय व्यवहार गर्ने व्यक्तिलाई तीन महिना कैद सजायसम्मको व्यवस्था छ,” भने।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पश्चिम क्षेत्रमा अझै देखिँदै आएको छाउपडी कुरीतिलाई निवारण गर्नु आजको आवश्यकता भएको बताए। “मानिस सबल र शिक्षित हुँदै गएपछि यस्ता कुप्रथालाई त्याग्न सकिन्छ। अब यो अभियानलाई सबैले समर्थन गर्नुपर्छ,” उनले जोड दिए।

कञ्चनपुरका दुर्गम बस्तीमै महिलाहरूले आफैं पहल गर्दै छाउगोठ भत्काउने काम थालेपछि यो अभियानले छाउपडी कुरीतिलाई अन्त्य गर्न महत्वपूर्ण मोड लिएको देखिएको छ।

Previous Post

कैलाली कारागारका घाइते सात कैदी अन्यत्र स्थानान्तरण

Next Post

दार्चुलामा सत्तारूढ दलहरूको संयुक्त आपत्ति

Next Post
दार्चुलामा सत्तारूढ दलहरूको संयुक्त आपत्ति

दार्चुलामा सत्तारूढ दलहरूको संयुक्त आपत्ति

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.