सार्थक ब्यूरो ।कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको सम्पत्ति तीन अर्ब नजिक पुगेको छ। सहकारीले सार्वजनिक गरेको साउन मसान्तको विवरणअनुसार हालसम्म संस्थाको कुल सम्पत्ति २ अर्ब ८१ करोड ६ लाखभन्दा बढी पुगेको हो।असार मसान्तमा संस्थाको सम्पत्ति २ अर्ब ७१ करोड ९० लाखभन्दा बढी थियो भने यसबीचमा झण्डै १० करोडले वृद्धि भएको छ। हाल सहकारीसँग २६ हजार २ सय ८६ जना सदस्य छन् भने ८ हजार २ सय ६४ जना ऋणी सदस्य रहेका छन्।संस्थामा हालसम्म २२ करोड ३२ लाख रुपैयाँभन्दा बढी सेयर पूँजी संकलन भएको छ। त्यसैगरी जगेडा कोषमा २१ करोड ७३ लाख, अन्य कोषमा ३ करोड ८० लाख राखिएको छ।कुल बचत २ अर्ब १ करोडभन्दा बढी रहेको छ भने ऋण लगानी १ अर्ब ६२ करोड ८९ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले जानकारी दिए। उनका अनुसार संस्थाको संस्थागत पूँजी २२ करोड ८२ लाख छ।हाल सहकारीमा ५३.५६ प्रतिशत तरलता, ८.१२ प्रतिशत संस्थागत पूँजीकोष र २३.२४ प्रतिशत प्राथमिक पूँजीकोष रहेको छ।बचतमा दिइने ब्याजदर केही समयअघि परिवर्तन गरिएको छ। मुद्धति बचत एक वर्ष अवधिमा ७.५० बाट ७ प्रतिशत, एक वर्ष मुनिकोमा ७ बाट ६.५० प्रतिशत, जेष्ठ नागरिक तथा बाल बचतमा ७ बाट ६ प्रतिशत ब्याजदर कायम गरिएको छ।
त्यस्तै कर्जा तर्फ अनुत्पादक कर्जामा ब्याजदर १४ बाट १३.५० प्रतिशत, लघुवित्त तथा व्यापार व्यवसाय कर्जामा १२ प्रतिशत कायम गरिएको छ। साथै नयाँ “सरल उद्यमी कर्जा” योजना सुरु गरी ९.७५ प्रतिशत ब्याजदर तोकिएको छ।
संस्थाले कञ्चनपुरको दैजी, झलारी, कृष्णपुर, बेलौरी, चाँदनी-दोधारा लगायत, धनगढी, अत्तरिया, डढेल्धुरा र बैतडीमा सेवा केन्द्रमार्फत सदस्यलाई सेवा दिइरहेको छ।


















Discussion about this post