संसद विघटनमै अड्कियो सहमति, त्रिपक्षीय बैठक बस्दै

सार्थक ब्यूरो । जेनरेशन–जेड (जेनजी) समूहले संसद विघटनको माग अडिग राखेपछि राजनीतिक सहमति अझै टुङ्गिन सकेको छैन। समाधान खोज्ने प्रयासस्वरूप आज राष्ट्रपति भवन शीतल निवासमा त्रिपक्षीय बैठक बस्ने तयारी भएको छ।यो बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीतर्फबाट प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सहभागी हुनेछन्।

अहिलेसम्म बनेको सहमतिअनुसार कार्कीलाई प्रधानमन्त्री बनाउने र उनको नेतृत्वमा गैरदलीय मन्त्रिपरिषद गठन गर्ने तयारी छ। तर संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा भने अझै ठोस सहमति बन्न सकेको छैन।

राजनीतिक दलहरू कार्कीलाई प्रधानमन्त्री मान्न तयार देखिएका छन्, तर संसद विघटनमा सहमत हुन तयार छैनन्। अर्कोतर्फ, जेनजी समूह संसद विघटनलाई ‘बटमलाइन’(अन्तिम र अपरिवर्तनीय शर्त) बनाएर अडिएको छ।

यसबीच, संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त गर्ने भन्ने कानुनी विषयमा पनि स्पष्टता नभएको जनाइएको छ। कार्कीको नेतृत्वमा बन्ने भनिएको मन्त्रिपरिषदमा राजनीतिक दलहरूले प्रत्यक्ष रूपमा मन्त्री नपठाउने भए पनि मन्त्रीहरूको नाम छनोट गर्दा परामर्श भने गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित