सार्थक ब्यूरो । नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा गरेको छ।साथै, मृत्यु भएकाहरूका परिवारलाई प्रत्येकलाई १० लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिने र घाइतेहरूको निःशुल्क उपचार गरिने निर्णय गरिएको छ।
मुख्यसचिव एकनारायण अर्यालले उक्त निर्णयको जानकारी गराउँदै, आगजनी र तोडफोडका कारण सेवा प्रवाह अवरुद्ध भएका कार्यालयहरूबाट चाँडो सेवा सञ्चालन गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।








Discussion about this post