सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

एक निर्दोषको विदाइसँगै बेसहारा बने आमा र श्रीमती

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ भाद्र ३०, सोमबार ११:०२
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
एक निर्दोषको विदाइसँगै बेसहारा बने आमा र श्रीमती

सार्थक ब्यूरो ।जेनजी आन्दोलनको केही दिनअघि मात्रै प्रहरी जवान उत्तम थापाले घर फर्किन अझ चार दिन मात्र बाँकी भएको भन्दै टिकटकमा भावुक भिडियो राखेका थिए। गीतसँगै राखिएको भिडिओमा उनी श्रीमतीसँगका तस्बिर देखिँथ्यो। घर जाने उत्साह, मनमा उमङ्ग—तर त्यो सपना अब कहिल्यै पूरा हुने छैन।दार्चुला जिल्लाको लेकम गाउँपालिका–३ गुमाखोलीका २९ वर्षीय उत्तम थापा जेनजी आन्दोलनकै क्रममा निर्घात कुटपिटबाट ज्यान गुमाएका छन्। आन्दोलनकारीहरूले उनलाई “डीएसपी हुन्, गोली चलाउन आदेश दिएका” भन्दै भीडबीच कुटपिट गरेका थिए। घटनाको भिडिओ अहिले सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ। पछि उनी प्रहरी जवान मात्रै भएको खुल्दा निर्दोषलाई मारिएको भन्दै आन्दोलनकारीहरूको तीव्र आलोचना भइरहेको छ।उत्तमको मृत्युको खबरले परिवारलाई शोकमा डुबाएको छ। श्रीमती सुस्मिता निरन्तर रुँदै बसेकी छन्।

घरका जेठा सन्तान रहेका उत्तम ९ वर्षदेखि प्रहरी सेवामा थिए।सात महिनाअघि उनका भाइ घाँस दाउरा गर्न जाँदै गर्दा भिरबाट खसेर निधन भएको थियो।बुबा पनि झण्डै आठ वर्षअघि सुगर रोगका कारण बितिसकेका छन्।अब आमा र श्रीमती दुवै पूर्ण रूपमा बेसहारा बनेका छन्। वडाध्यक्ष सुरेश थापाका अनुसार, “उत्तमको मृत्युले आमा र श्रीमतीको जीवन नै अन्धकार भएको छ। पहिले श्रीमान, त्यसपछि दुई छोरा गुमाउँदा आमाको अवस्था निकै दयनीय बनेको छ।”

उत्तम र सुस्मिताको विवाह छ–सात वर्षअघि भएको थियो। उनीहरूका सन्तान भने थिएनन्।परिवारको मुख्य आश्रय उत्तम नै थिए।उनीहरूको गाउँमा कच्ची घर छ र जग्गा जमिन पनि खासै छैन।रोजगारी वा आम्दानीका अन्य स्रोत नभएकाले परिवार जीविको पार्जनमै कठिनाइमा थियो।उत्तम पहिले धनगढीमा खटिएका थिए भने चार–पाँच महिनाअघि मात्रै काठमाडौँ सरुवा भएका थिए। काठमाडौँमै रहेका उनका एकजना भाइले शव बुझेर पशुपतिनाथमा दाहसंस्कार गरिसकेका छन्।

वडाध्यक्ष थापा भन्छन्, “अब परिवारको सबै आधार ढलेको छ। भाउजु पूर्ण रूपमा एक्लिएकी छन्। आर्थिक रूपमा कमजोर यो परिवारलाई राज्यले तत्काल राहत र दीर्घकालीन सहयोगको व्यवस्था गर्नैपर्छ।”

यो घटनाले एक निर्दोष प्रहरी जवानको जीवन मात्र होइन, एक आमाको छोरामा टेकेको जीवन र एक श्रीमतीको भविष्य पनि सँगै चकनाचुर पारेको छ।उत्तम फर्कन सकेनन्, तर अब राज्यले उनका आमा र श्रीमतीलाई अँध्यारोमा छाड्नु हुँदैन — यही हो यो दुःखद घटनाबाट उठेको सबैभन्दा गहिरो सन्देश।

Previous Post

क्षतिको मुचुल्कासँगै शासन पुनःस्थापनाको चुनौती

Next Post

छानबिन आयोग गठन गर्न एमाले कञ्चनपुरको माग

Next Post
छानबिन आयोग गठन गर्न एमाले कञ्चनपुरको माग

छानबिन आयोग गठन गर्न एमाले कञ्चनपुरको माग

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.