सार्थक ब्यूरो ।नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गर्नु अघि फरक मार्ग हुँदै शिक्षण अस्पताल, महाराजगञ्ज पुगे — जहाँ जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरू उपचाररत थिए। उनले घाइतेहरूसँग भेटघाट गर्दै संक्षिप्त प्रतिक्रिया दिए, “शपथसँगै अब देश नयाँ दिशातिर अघि बढ्नेछ र नयाँ रूप लिनेछ।”
शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री घिसिङ सिधै अस्पताल पुगेका हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा हिजो साँझ उनलाई मन्त्रीमा नियुक्त गरिएको थियो।
घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।








Discussion about this post