पश्चिम सेती जलविद्युत् परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन सुरु

सार्थक ब्यूरो ।चार दशकदेखि योजनामा रहेको पश्चिम सेती जलविद्युत् परियोजना (८ सय मेगावाट) को वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) कार्य प्रारम्भ भएको छ। प्रभावित क्षेत्रका स्थानीयहरूलाई परियोजनाबारे सूचना दिने कार्य जेड कन्सल्ट प्रालिले गर्दै आएको छ। परियोजना अन्तर्गत प्रभावित घर तथा जग्गा मालिकहरूको विवरण सङ्कलन र सामाजिक प्रभाव अध्ययन गत भदौ २२ गतेदेखि सुरु भएको जेड कन्सल्टका सुपरिवेक्षक दिनेशचन्द्र जोशी ले जानकारी दिएका छन्।
प्रभावित क्षेत्रहरू:
डडेल्धुरा नवदुर्गा गाउँपालिका वडा ४ र ५ बैतडीस् सिगास गाउँपालिका वडा ५, ६, ७ डोटी आदर्श गाउँपालिका वडा ३, ५, ६स सायल गाउँपालिका वडा १ बझाङ केदारस्यु गाउँपालिका वडा १, २स बित्थडचिर गाउँपालिका वडा ९
यसअघि चिनियाँ कम्पनी थ्री गर्जेज र अष्ट्रेलियाली कम्पनी स्मेकले परियोजना निर्माणको जिम्मा लिएका थिए, तर विभिन्न कारणले काम अघि बढ्न सकेन। सन् २०७८ चैतदेखि एनएचपीसी इन्डिया लिमिटेड परियोजना विकासका लागि गृहकार्य गर्दै आएको छ।
परियोजनाको क्षमताबारे विवाद हुँदा थ्री गर्जेजले ७५० मेगावाट घटाएर ६२० मेगावाटमा प्रस्ताव राखे पनि भूगर्भ, बाँधको उचाइ र प्रभावितको पुनःस्थापनाका कारण अस्वीकार गरेको थियो।
यस परियोजनासँगै प्रस्तावित एसआर–६ जलविद्युत् आयोजना (४५० मेगावाट) सँग संयोजन गर्दा पानी व्यवस्थापन गर्दै दुवै परियोजनाबाट क्रमशः ४५० र ७५० मेगावाट उत्पादन सम्भव हुने बोर्डले दाबी गरेको छ। बाँधको उचाइ २०७ मिटर निर्धारण गरिएको छ भने आधा क्षमता मात्र उपयोग गर्दा २२८ मेगावाट उत्पादन हुने अनुमान छ।
यो परियोजना डोटी र अछाम जिल्लामा पर्नेछ र दिपायल–गौगुडा ग्रामीणमार्ग को नजिक रहेकोले पहुँच सुविधाजनक हुने अनुमान छ। जापानी सहयोग नियोग (जाइका) को अध्ययनअनुसार परियोजना ६५२ मेगावाटसम्म क्षमतामा बनाउन सकिने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित